top of page
माणिक्य (रुबी) Ruby Gemstone

माणिक्य (रुबी) लाई अति मुल्यवान रत्न मानिन्छ। माणिक्यको रंग रातो हुन्छ। यसलाई धारण गर्नाले सुर्यको पिडा शान्त हुने मानिन्छ। माणिक्य लाइ अंग्रेजीमा रुबी भनिन्छ।
मनिक्य को तथ्य।
* मनिक्य रत्न को बारेमा यो मानिन्छ कि, यो रत्न धारण गरे पछि , आफुलाई केहि अप्ठ्यारो समय आउने भएमा यसले आफ्नो रंग परिवर्तित गर्दछ।
* धेरै मानिस हरु मान्नु हुन्छ कि माणिक्यले बिषको प्रभाव लाई पनि कम गर्दछ।
कुन राशी भएको मानिसले माणिक्य रत्न धारण गर्ने?
सिंह राशी भएको मानिसले मनिक्य रत्न धारण गर्नु अति लाभकारी मानिन्छ।
माणिक्य रत्न लगाउनु को फाइदा।
* जो मानिस सुर्य को प्रभाव बाट पिडित हुनुन्छ, मनिक्य धारण गर्न सल्लाह दिइन्च।
* यो रत्न धारण गर्नाले आफ्नो मान सम्मान बढ्नु को साथै, बदनामी हुन बाट बच्न्न सकिन्छ।
* यो रत्न धारण गर्नाले वैवाहिक जीवनमा मजबुती बढ्ने छ।
माणिक्य रत्न कसरि धारण गर्ने?
ज्योतिषी अनुसार माणिक्य (रुबी) आइतबार को दिन सुर्यको जाप गर्दै धारण गर्नु पर्दछ।
माणिक्य को उप-रत्न।
गार्नेट
bottom of page